सनीले बनाइन् डायपर मास्क

मुम्बई(एजेन्सी) । कोरोना भाइरसका कारण सारा विश्वसँगै भारत पनि लकडाउनमा छ । लकडाउनको पालना फिल्म स्टारहरुले पनि गरिरहेका छन् । बलिउड अभिनेत्री सनी लियोनी पनि घर बाहिर निस्किएकी छैनन् । उनी आफ्नो फ्यानसँग इन्स्टाग्रामका माध्यमबाट अन्तरसंवाद गरिरहेकी छन् । सनी इन्स्टाग्राममा लाइभ भिडियोका अलावा तस्बिर पनि शेयर गर्छिन् ।

सनीले हालै मात्र केही फरक किसिमको तस्बिर शेयर गरिन । जुन तस्बिर सामाजिक सन्जालमा निकै भाइरल भइरहेको छ । तस्बिरमा सनीले फ्यानलाई घरमा मास्क बनाउने एउटा गज्जबको उपाय सिकाएकी छन् । उनले जोकोही मानिससँग समय कम हुँदा घरमा नै आपतकालिन मास्क कसरी बनाउन सकिन्छ भन्ने सिकाएकी छन् ।

सनीले डायपर मास्कदेखि लिएर बच्चाको कार्टुन मास्कलाई आफ्नो इमरजेन्सी मास्क बनाएकी छन् । ती सबै मास्क आकर्षक देखिएका छन् । अहिले सनीसँग उनको घरमा पति डेनियलसँगै तीन बच्चा छन् । सनी फ्यानमाझ लगातार आफ्ना गतिविधि साझा गरिहन्छिन् । उनले अनलाइन च्याट शो पनि सन्चालन गरेकी छन् ।

हालै एक अन्तरवार्तामा सनीले कोरोना भाइरसको सामना गर्नु आफ्ना लागि सजिलो नभएको बताएकी थिइन् । ‘मेरे तीन साना छोराछोरी छन् । जसको धेरैं ख्याल राख्नुपर्छ । उनीहरुलाई स्कुल पनि जानु पर्छ ।’ उनले भनेकी छन् ।