कोरोना कहरमा विवेकको भीड

काठमाडौं । कोरना कहरबीच गायक विवेक झाले ‘भीड’ लिएर दर्शक स्रोता माझ आएका छन् । आत्महत्यालाई थिम बनाएर प्रस्तुत गरिएको यस गीतमा गायक झाले आत्महत्या अभिशाप भएकाले संघर्ष गरेर जिन्दगी चलाउनुपर्ने उल्लेख गरेका छन् ।

गीतमा शब्द र संगीत पनि गायककै रहेको छ । गीतको संगीत संयोजन कोबिद बज्रले गरेका हुन् । स्वर, संगीत र कलाको उत्कृष्ट संयोजन रहेको म्यूजिक भिडियोमा निश्चल कार्की र अन्य कलाकारहरुको अभिनय छ । यसअघि कमेडी भिडियोहरुमा प्राय देखिने निश्चलले आफ्नो मनछुने अभिनय गरेका छन् ।

भिडियोमा उज्जवल जोशीको छायांकन र सम्पादन छ भने रिजन थापाको कन्सेप्ट र निर्देशन छ । भिडियो ओएसआर डिजिटलको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।