लकडाउनले आर्थिक संकटमा प्रकाशराज

मुम्बई(एजेन्सी) । कोरोना भाइरसका कारण विश्वव्यापी रुपमा मानिसमा ठूलो असर परिरहेको छ । कोरोना भाइरसको महामारीका कारण विश्वका अधिकांश देश लकडाउन छन् । यस्तो अवस्थामा फिल्म उद्योगसँग जोडिएका कैयौं सेलिब्रेटीहरुले सहारा चाहिएका मानिसलाई सहयोग गर्न अगाडि आइरहेका छन् । जोकोही सेलिब्रेटी आफ्नो गच्छे अनुसारको सहयोग गर्दै आइरहेका छन् । यही समयमा दक्षिण भारतीय फिल्मका सुपरहिट अभिनेता प्रकाश राजले पनि कामविहिन मानिसलाई सहयोग गरिरहेका छन् । तर उनको आफ्नो आर्थिक स्थितिको बारेमा भने नयाँ खुलासा भएको छ ।

प्रकाशको एक ट्वीट सामाजिक सन्जालमा तिब्र रुपमा भाइरल भइरहेको छ । ट्वीटमा उनले लकडाउनको कारण आफ्नो आर्थिक स्थिति खराब भएको उल्लेख गरेका छन् । प्रकाशले अब बैंकमा ऋण लिने सोचमा रहेको उल्लेख गरेका छन् । ‘मेरे वित्तीय संसाधन घटिरहेको छ । तर हामी ऋण लिनेछौं र आम मानिसलाई सहयोग गर्नेछौं । किनकी मलाई थाहा छ कि म फेरी कामउन सक्छु, यदी मानवीयता कठिन समयसम्म रह्यो भने । आउनुहोस्, मिलेर यो सँगै मिलेर कोरोनाविरुद्ध लडौं ।’ प्रकाशले ट्वीटमा लेखेका छन् ।

प्रकाशको यो ट्वीट सार्वजनिक हुनासाथ चर्चामा आएको छ । उनको ट्वीटमा प्रयोगकर्ताले विभिन्न प्रतिक्रिया दिइरहेका छन् । जोकोही मानिस उनको फाउण्डेसनले गरेको कामको तारिफ गरिरहेका छन् । प्रकाशराज अभिनयका अलावा सामाजिक सन्जालमा पनि उत्तिकै सक्रिय रहन्छन् । उनी प्रायशः सामाजिक सन्जालमा सामाजिक मुद्धामा आफ्नो राय राख्छन् ।