उत्तर कोरियाली राजनीतिमा उदाउँदै किम बहिनी जोङ

सोल(एजेन्सी) । विश्वकै सबैभन्दा रहस्यमय देशमध्येका एक उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उन हालका दिन एक भिल्लाको भित्रको अस्पतालमा जीवनमृत्युसँग लडिरहेका छन् ।  केही मिडियाले उनको मुटुको शल्यक्रिया भएको बताएका छन् भने कतिपयले ब्रेन डेड भएको दाबी गरेका छन् । किमको खराब स्वास्थ्य अवस्थालाई हेरिरहेका केही व्यक्तिहरुले उनको स्थानमा उत्तर कोरियाको नेतृत्व कसले सम्हाल्न सक्ला भनेर अड्कलबाजी गरिरहेका छन् । यसमा उनको बहिनी किम यो जोङको नाम सर्वाधिक चर्चामा छ ।

किमको स्वास्थ्य अवस्था खराब रहेको त्यो संकेत आएको थियो, जुन समयमा उनकी शक्तिशाली बहिनी किम यो जोङलाई निर्णय लिनसक्ने प्रमुख निकायमा पुनः नियुक्ति गरिएको थियो । यो नियुक्तिपछि फरक देशका रुपमा परिचित उत्तर कोरियामा किम यो जोङको उचाई बढेको छ । कोरियन सेन्ट्रल न्यूज एजेन्सीका अनुसार जोङ लामो समयदेखि दाजुको सल्लाहकारका रुपमा काम गर्दै आएकी थिइन् । उनी शीर्ष अधिकारीहरुको शनिबार भएको पदक्रम फेरबदल पछि केन्द्रीय समितिको राजनीतिक व्यूरोमा उनलाई पुनः वैकल्पिक सदस्यका रुपमा चुनिएको थियो ।

बहिनीलाई पुनः नियुक्तिका विषयमा निर्णय लिनका लागि बैठकको अध्यक्षता किम जोङ उनले नै गरेका थिए । विश्लेषकहरुका अनुसार किम यो जोङलाई गत वर्ष उनका दाई र अमेरिक राष्ट्रपति डोनाल्ड ट्रम्पबीच हनोईमा भएको दोस्रो शिखर वार्ता असफल भएपछि पदबाट हटाइएको थियो । उत्तर कोरियाबाट भागेर दक्षिण कोरियाको सिओलमा अनुसन्धानमा सक्रिय आह्न चान इलले किम यो जोङको बहाली उत्तर कोरियाको पदक्रममा उनको स्थान अझ बढ्न सक्ने बताएका थिए । अहिले किम जोङ उन आफ्नो खराब स्वास्थ्यलाई मध्यनजर गर्दै आफ्नी बहिनीमाथि भरोसा गरिरहेकी छन् ।

जोङले सन् २०१८ मा विन्टर ओलम्पिक खेलमा आफ्नो दाइईको स्थानमा देशको प्रतिनिधित्व गरेकी थिइन् । यसपछि सत्तारुढ पार्टीमा उनको हैसियत अझ बढी देखियो । भनिन्छ, किम जोङ उनको विदेशमा र उत्तर कोरियाभित्र सार्वजनिक छवि बनाउनको पछाडि किम यो जोङको महत्वपूर्ण हात छ । यसको बदलामा किम जोङ उन आफ्नो बहिनीमा पूर्ण रुपमा भरोसा गरिरहेका छन् ।

गत महिना किम यो जोङ दक्षिण कोरियाका विरुद्ध कडा रुपमा प्रस्तुत भएकी थिइन् । उनले ‘डराई रहेको कुकुर भुकिरहेको छ’ भनेकी थिइन् । उत्तर कोरियाले लाइव फायर मिलिट्री अभ्यास गरिरहेको बेला दक्षिण कोरियाले यसको विरोध गरेको थियो । दक्षिण कोरियाको विरोध पछि जोङले दक्षिण कोरियालाई कुकुरसँग तुलना गरेकी थिइन् । यसअघि मार्चमा जोङले सार्वजनिक रुपमै अमेरिकी राष्ट्रपति ट्रम्पलाई पत्र पठाएको प्रशंसा गरेकी थिइन् ।

उत्तर कोरिया मामलाबारे जानकारी लिओनिड पेट्रोव जोङको आफ्नो दाईसँग सिधा पहुँच रहेको बताउँछन् । ‘यती मात्र होइन, उत्तर कोरियाली शासकमाथि जोङको गहिरो प्रभाव छ । उनलाई आफ्नो दाईको बारेमा सबै थाहा छ । जोङ दाईको सबैभन्दा बफादार मान्छे हुन् र उनी विदेशी तथा दक्षिण कोरियासँग डिल गर्न सक्छिन् । जोङ दाईको छवि सकारात्मक बनाउनका लागि काम गर्छिन्’, उनले भनेका छन् । ३१ वर्षीया जोङ आफ्ना पिता र पूर्व उत्तर कोरियाली शासक किम जोङ इलको कान्छी छोरी हुन् । किम जोङ उन र उनकी बहिनी जोङबीच बाल्यकालदेखि नै नजिकको सम्बन्ध रहीआएको छ । यदी किम जोङ उनको निधन भयो भने उनको स्थानमा किम यो जोङ या किम जोङ उनका छोराले सत्ता सञ्चालन गर्नेछन् ।