राजकुमार र बिक्की बस्ने भवनमा सिल

मुम्बई(एजेन्सी) । मुम्बईको ओबरोय स्प्रिंग्स भवनमा बस्ने ११ वर्षीया बालिकालाई कोरोना पोजेटिभ भेटिएपछि भवन सिल गरिएको छ । यो भवनमा बलिउड अभिनेता विक्की कौशल, राजकुमार राव, पत्रलेखा र चित्रांगदा सिंह बस्छन् ।

समाचार अनुसार भवनमा बस्ने बच्चालाई कोरोना भाइरसको पोजेटिभ लक्षण देखिएपछि बृहनमुम्बई नगर निगम(बीएमसी)ले भवनलाई सिल गरेको हो । अब बीएमसीले भवनलाई पूर्ण रुपमा सेनिटाइज गर्नेछ ।

यसभन्दा अघि अभिनेत्री अंकिता लोखण्डे बस्ने भवनमा कोरोना भाइरस पीडित बिरामी भेटिएपछि त्यो भवन पनि सिल गरिएको थियो । भवन सिलि भएप्छि अंकिता निकै डराएकी थिइन् । भारतमा कोरोना भाइरसका कारण १८ हजार ६०१ जना संक्रमित भएका छन् भने ५ सय ९१ जनाको मृत्यु भइसकेको छ ।