मातातिर्थ औसीमा अम्बिकाको आमा

काठमाडौं । मातातिर्थ औंसीको अवसर पारेर सम्पूर्ण आमाहरुको लागि समर्पित गरिएको गीत ‘आमा’को भिडियो सार्वजनिक भएको छ । अमेरिका निवासी गीतकार अम्बिका गुरुङको शब्द रहेको गीतमा रामकृष्ण ढकालको स्वर सुन्न सकिन्छ ।

गीतमा प्रकाश लेप्चाको संगीत छ । दीपेन्द्र थपलियाको छायांकन रहेको भिडियोमा समन अधिकारीको निर्देशन छ । भिडियोमा रश्मी भट्ट, सुप्रिया कटवाल, नरेन र बसु फिचर्ड छन् ।