अक्सफोर्डले बनायो कोरोनाविरुद्धको भ्याक्सिन

लण्डन(एजेन्सी) । ब्रिटेनको अक्सफोर्ड विश्वविद्यालयले कोरोना भाइरसको भ्याक्सिनको ट्रयालको लागि तयारी पुरा गरेको छ । यहाँका स्वास्थ्यमन्त्री मेट हेनककले २३ अप्रिलमा यो भ्याक्सिनलाई स्वयंसेवकमाथि प्रयोग गरेर ट्रयाल गरिने बताए ।

उनका अनुसार सरकार नायँ र सफल भ्याक्सिन बनाउनका लागि हरसम्भव प्रयासरत छ । यो मामलामा ब्रिटेन निकै अगाडि बढिसकेको पनि उनले दाबी गरेका छन् । यो भ्याक्सिनलाई अक्सफोर्ड र इम्पेरियल कलेजले तयार गरिरहेको छ ।

‘म भन्नसक्छु कि बिहीबारको अक्सफोर्ड प्रोजेक्टको भ्याक्सिनलाई मानिसमाझ परीक्षण गरिनेछ । आम रुपमा यो भ्याक्सिन पुग्न वर्षौ लाग्न सक्छ । हामीले अहिले जुन काम गरेका छौं, त्यसप्रति गर्व छ’, उनले भनेका छन् ।

सरकारले दुवै विश्वविद्यालयको प्रोजेक्टमा वैज्ञानिकलाई क्लिनिकल ट्रायल फण्ड गर्नका लागि ४४ दशमलब ५ मिलियन पाउण्डको अनुमान गरिएको छ । यसबाहेक भ्याक्स्निको टेस्ट सफल भएपछि ठूलो स्टरमा यसकिो उत्पादन पनि गरिने जनाइएको छ ।

विश्वव्यापी रुपमा हालसम्म २५ भन्दा बढी मानिसहरु कोरोनाको चपेटामा परिसकेका छन् । यसबाट १ दशमलब ७७ लाख बढीको मृत्यु भइसकेको छ । बेलायतमा हालसम्म १ लाख २९ हजार ४४ मानिसमा कोरोना संक्रमण भएको छ जबकी १७ हजार ३ सय ३७ जनाको निधन भइसकेको छ ।