भारतद्वारा नेपाललाई २३ टन औषधि प्रदान

काठमाडौं । कोरोना भाइरस अर्थात् कोभिड–१९विरुद्ध लड्न भारत र नेपालबीच जारी सहकार्यको क्रममा भारत सरकारकातर्फबाट नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले नेपालका स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाललाई २३ टन औषधी हस्तान्तरण गरेका छन् ।

भारतीय जनताकातर्फबाट नेपाली जनताका लागि उपहार स्वरुप हस्तान्तरण गरिएको औषधीहरुमा पारासिटामोलको ३.२ लाख डोज र हाईड्रोक्सी क्लोरोक्वीनको २.५ लाख डोेज गरीे कुल ८.२५ लाख डोज अत्यावश्यक औषधिहरु छन् । यो पहलले सबै अवस्था र परिस्थितिमा नेपाल र भारतबीच सहकार्य जारी रहने प्रतिबद्धतालाई दर्शाएको भारतीय दुतावासले जनाएको छ ।