पूर्वेली भाकामा चाइना भन्सार

काठमाडौं । नेपालको पूर्वमा प्रचलित संस्कृतिमा आधारित एउटा भिडियो सार्वजनिक भएको छ । ओमेगा नेपालको आधिकारिक युट्युव च्यानलमार्फत ‘चाइना भन्सार’ बोलको गीतको भिडियो सार्वजनिक भएको हो ।

कुन्दन राई, रेमन पुवार मगर, कल्पना राई र बिमला गुरुङको स्वर रहेको गीतमा नरेश खड्काको शब्द र डिल्लीराम राईको संगीत छ । गीतमा कुन्दनकै संगीत संयोजन छ ।

भिडियोमा कुन्दन राई, रेमन पुवार मगर, कल्पना राई, बिमला गुरुङ, हर्क राई, खुसी चाम्लिङ राई, सन्तोष राई (ओमेगा), सुनिता कट्वाल, रिचा काफ्ले र नरेश खड्काले अभिनय गरेका छन् । भिडियोमा सन्तोष ओमेगाको निर्देशन, सुमन तामाङको छायांकन र हेमन तामाङको सम्पादन छ । गीतको भिडियोमा पुर्वका विभिन्न रमणीय दृष्यहरु समावेश गरिएको छ ।