प्रभावन र अन्जनाले ल्याए बरको छायाँले

काठमाडौं । लोकदोहोरी गायक प्रभावन जेले रेडियो नेपालमा पहिलो पटक रेकर्ड गराएको गीत ‘बरको छाया’को भिडियो सार्वजनिक भएको छ । २०५३ सालमा रेडियो नेपालमा रेकर्ड गरिएको यो गीतमा गायिका तारा थापाको पनि स्वर थियो ।

तर यो गीत २०६१ सालमा रि–रेकर्ड गरिएपछि यसमा अन्जना गुरुङले स्वर दिएकी थिइन् । गीतमा गरिबीले परदेशिएकाको कथा समेटिएको छ । गीतको लय तथा शब्द संकलन प्रभावन जेले गरेका हुन्, सम्पादन कृष्ण गौतमले गरेका छन् ।