अमिताभले सम्झिए आफ्नो जवानी

मुम्बई(एजेन्सी) । लकडाउनका समयमा बलिउड अभिनेता अमिताभ बच्चन सामाजिक सन्जालमा निकै व्यसत छन् । आफुमाथि बनेको कार्टुनदेखि लिएर कवितासम्म सबै कुरा सामाजिक सन्जालमा शेयर गरिरहेका छन् । अमिताभले हालै मात्र केही पुरानो तस्बिर सामाजिक सन्जालमा राखेका थिए ।

ती तस्बिर अमिताभको युवावस्था समयको थियो । एक तस्बिरमा कपाल काटेका अमिताभलाई निकै सुन्दर देखिएको छ । बाँकी तस्बिरमा उनको एंग्री यङ मेन रुप देख्न सकिन्छ । अमिताभले तस्बिर शेयर गर्दै निर्दोषीपनको दिन पनि गयो भनी लेखेका छन् ।

अमिताभ राम्रो कलाकार हुनका साथै एक कुशल लेखक पनि हुन् । जब उनी थोरै शब्दमा धेरै कुरा लेख्न्, फ्यान उनको दिवाना नै हुन्छन् । यो पोस्टको केही घण्टामै लाखौं प्रयोगकर्ताले लाइक र शेयर गरेका छन् ।

अमिताभ चाँडै नै फिल्म ‘ब्रह्मास्त्र’ रणवीर कपुर र आलिया भट्टका साथ देखिँदैछन् । फिल्मको निर्देशन अयान मुखर्जीले गरेका छन् । यसबाहेक उनी आयुष्मान खुरानासँग फिल्म ‘गुलाबो सिताबो’मा पनि देखिँदैछन् ।