तीन हप्ताकी पेटानले जितिन् कोरोना

न्यूयोर्क(एजेन्सी) । स्कटल्याण्डकी ट्रेसी मेग्वायर त्यो समयलाई सम्झन्छिन्, जब उनले डाक्टरलाई आफ्नो तीन हप्ताको छोरीको नाकमा कोरोना भाइरसको परीक्षणका लागि पाइप राखेको देखिन् । उनका अनुसार यो दृश्य हेरिरहँदा उनलाई निकै पीडा भएको थियो । ‘यो पहिलोपटक थियो, जब मैले आफ्नो छोरीको आँखामा आँशु देखें । मैले उसलाई थामी रहेको थिएँ । म रोइरहेको थिएँ । हामीले त्यो अवस्थामा एकअर्कालाई सहारा दिइरहेका थियौं’,ट्रेसी सम्झिन्छिन् ।

समयभन्दा अगावै छोरी जन्मिएका कारण बच्चाको तौल डेढ किलोमात्र थियो । त्यो समयमा बच्चा तीन हप्ताको मात्र थियो, जुन समयमा उसलाई कोरोना पोजेटिभ देखिएको थियो । बच्चाको जन्म २६ मार्चमा भएको थियो । उक्त बच्चा आफ्नो समय भन्दा आठ महिना अगाडि नै जन्मिएका थिए । स्वस्थ महशुस गरेपछि ट्रेसीलाई प्री–एक्लेमप्सिया हुनसक्ने भयले उनलाई लंकाशायरको विशाव अस्पताल पठाइएको थियो । त्यहाँ पुग्दा मात्र बच्चालाई कोरोना पोजेटिभ भएको थाहा भयो ।

जन्मेको केही साता पछि बच्चालाई नुहाउँदा उसमा केही मात्र कोरोनाको लक्षण देखिएको थियो । त्यो लक्षण यती सानो थियो कि त्यो लक्षण हो या होइन् भन्ने थाहा पाउन नै मुस्किल परेको थियो । ‘मेरो बच्चा देशकै सबैभन्दा कम उमेरको कोरोना बिरामी भइसकेको थियो । यो खबर निकै दर्दनाक थियो । डाक्टरले मलाई मेरो बच्चा ठिक छ भनिरहेका थिए । उनीहरुलाई मलाई डराउनु पर्दैन भनेर आश्वस्त पार्न खोजिरहेका थिए । तर म रोइरहेकी थिएँ’, उनले भनिन्, ‘छोरी यती स्वस्थ देखिएकी थिइन् कि यस्तो बच्चालाई कहिले र कसरी भाइरस संक्रमण भयो भनेर सोचिरहेको थिएँ । यती सानो मान्छे कोरोना भाइरससँग कसरी लड्छे भनेर गम खाइरहेको थिएँ ।’ पेटान(छोरीको नाम)को फोक्सो मजबुत बनाउनका लागि स्टेरोयड दिएको थियो । नर्सहरुले उनको निकै राम्रो तरिकाले स्याहारसुसार गरेका थिए । अपरेसनपछि ट्रेसीलाई डाक्टरले घर जान र १४ दिनसम्म बच्चाबाट अलग रहन भनेका थिए ।

‘मैले फोनमा डाक्टरसँग म आफ्नो बच्चाबाट टाढा रहन सक्दिनँ भनेर आग्रह गरें । जसले उसलाई जतिसुकै राम्रो स्याहारसुसार गरे पनि म उसको आमा हुँ ।’ उनले भनिन् । ट्रेसीलाई डाक्टरले छोरीसँगै बस्न अनुमति दिए पनि पति एन्ड्रिआनलाई घर फर्किएर आइसोलेशनको समयावधि बिताउन भनेका थिए । स्कटल्याण्डमा मर्नेको संख्या बढीरहँदा पेटान ठिक हुँदै गइन् । ट्रेसीलाई पति एन्ड्रियान असहाय भएको अनुभव पनि गरिरहेकी थिइन् ।

अहिले ट्रेसी छोरीका साथ घर फर्किइसकेकी छन् । उनी र उनको परिवार डाक्टर तथा नर्सको तारिफ गरिरहेका छन् । ‘उनीहरुले वास्तवमै अविश्वसनीय काम गरेका छन् । उनीहरुले तमाम खतराका बाबजुद पनि आफ्नो ज्यान जोखिममा पारेका छन् । उनीहरुले तमाम जोखिम उठाएर पनि मेरी छोरीलाई भोको हुन नदिने सुनिश्चितता गरे’,ट्रेसीले भनेकी छन् ‘उनीहरु प्रति कसरी आफ्नो आभार प्रकट गरुँ भन्ने कुरा तपाईं सम्झन सक्नुहुन्नँ । पेटान मेरा लागि विश्वकी अनमोल उपहार हुन् । मैले उसको स्याहारसुसारका लागि उनीहरुको भरोसा गरें । जोकोही आमाका लागि यो निकै समस्याको समय हो । तर तपाईंहरुले नर्सहरुमाथि भरोसा गर्न सक्नुपर्छ ।’