पृथ्वी नजिक आउँदै उल्कापिण्ड

वासिङ्टन(एजेन्सी) । एक उल्कापिण्ड २९ अप्रिल अर्थात बुधबार पृथ्वी नजिक आउँदैछ । अमेरिकी अन्तरिक्ष एजेन्सी नासाका अनुसार यसको गति १९ हजार किलोमिटर प्रतिघण्टा हुनेछ । वैज्ञानिकले यो उल्कापिण्ड जमिनमा आउने सम्भावना एकदमै कम रहेकाले नडराउन विश्वका समुदायलाई आग्रह गरेका छन् ।

नासा सेन्टर फर नियर–अर्थ स्टीजले बुधबार बिहान ५ बजेर ५६ मिनेटको इस्टर्न टाइममा उल्कापिण्ड पृथ्वीको नजिक भएर जाने जनाएको छ । वैज्ञानिकले यो उल्कापिण्ड पृथ्वीमा वैश्विक प्रभाव पार्नका लागि पर्याप्त हुने बताएका छन् ।