क्रिकेटर अकमललाई तीन वर्षको प्रतिबन्ध

लाहोर(एजेन्सी) । डेब्यू टेस्टमा शतक बनाउने पाकिस्तानी बलर उमर अकमललाई पाकिस्तान क्रिकेट बोर्ड(पीसीबी)ले तीन वर्षको प्रतिबन्ध लगाएको छ । अकमलले स्पोट फिक्सिङको सूचना लुकाएको आरोप लगाउँदै बोर्डले क्रिकेटका सबै ढाँचाका खेलमा प्रतिबन्ध लगाएको हो । यो विषयमा पीसीबीले बनाएको अनुशासन कमिटिले गरेको अनुसन्धानमा अकमललाई दोषी ठहराइएको हो । पीसीबीले ट्वीटरमा ‘उमर अकमललाई अनुशासन प्यानलका अध्यक्ष न्यायधिस(अवकाश) फजल–ए–मीरन चौहानको तर्फबाट सबै ढाँचाका खेलमा तीन वर्ष प्रतिबन्ध लगाउने निर्णय गरेको छ’ ट्वीट गरेको छ ।

यसअघि अकमलले एक अन्तरवार्तामा एक एजेन्टले स्पट फिक्सिङका लागि २ लाख डलरको अफर गरेको खुलासा गरेका थिए । उनले आफूलाई भारतको विरुद्ध खेल नखेल्नका लागि पनि मोटो रकम दिने अफर गरेको दाबी गरेका थिए । यसबाहेक सन् २०१५ मा अष्ट्रेलिया–न्यूजिल्याण्डमा भएको वल्र्ड कपका समयमा म्याच फिक्सरले सिधा सम्पर्क गरेका थिए ।

अकमलले पीसीबीको अनुशासन समितिलाई उनले आइसीसीको एन्टी करप्सन यूनिटलाई यो कुराको जानकारी दिन किन असमर्थ रहे भन्ने कुरा खुलाएका छैनन् । आइसीसीको एन्टी करप्सन कोड २.४.४ र २.४.५ अनुसार हरेक खेलाडीले आफूलाई कसैले गलत तरिकाले वा पैसाको माध्यमबाट फाइदा पु¥याउन खोजिरहेको छ कि छैन भन्ने कुरा बताउनुपर्ने हुन्छ । यदी कोही खेलाडीले यो कुरा लुकाउछ भने उसलाई पाँच वर्षको सजाय सुनाइन्छ ।

अकमलले पछिल्लो अन्तर्राष्ट्रिय खेल अक्टूबर २०१९ मा खेलेका थिए । उनले पाकिस्तानका लागि हालसम्म १६ टेस्ट, १ सय २१ वनडे र ८४ टी–२० खेलिसकेका छन् । यी तीनवटा ढाँचामा उनले क्रमशः एक हजार ३, ३ हजार १ सय ९४ र १ हजार ६ सय ९० रन बनाएका छन् । अकमलले आफ्नो टेस्ट डेब्यूमा न्यूजिल्याण्डका विरुद्ध १ सय २९ रन बनाएका थिए । यो प्रतियोगिता पछि उनको करियर कहिल्यै ट्रयाकमा आएन । यसै वर्षको फेब्रुअरीमा फिटनेस टेस्टको समयमा ट्रेनरका साथ दुव्र्यवहार गरेका थिए । यो विषयमा उजुरी परेपछि पीसीबीले उनलाई चेतावनी दिएर छोडिदिएको थियो ।