सुब्रतले ल्याए पुरा हुन जिन्दगी

काठमाडौं । कोरना कहरबीच गायक सुब्रत रेग्मीले ‘पुरा हुन जिन्दगी’ बोलको गीतको म्युजिक भिडियो श्रोता तथा दर्शकमाझ ल्याएका छन् । गीतमा अनिल शर्माको शब्द र विशाल पौडेलको संगीत रहेको छ ।

भिडियोमा नायिका केकी अधिकारी र मोडेल बिजेन्द्र जोशीको अभिनय रहेको छ । संजित के घिसिङले छायाँकन र सम्पादन गरेको भिडियोमा संजित र अनिश क्षेत्रीको संयुक्त निर्देशन छ । भिडियो म्यूजिक नेपालको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।

दुई दशकदेखि शास्त्रीय गायनबाट सांगीतिक यात्रा सुरु गरेका गायक रेग्मीले बाल्यकालदेखि नै विभिन्न रेडियो र टेलिभिजन कार्यक्रमहरुमा आफ्नो सांगीतिक प्रस्तुति दिएर दर्जनौं गायन प्रतियोगिताहरुमा पुरस्कार प्राप्त गरिसकेका छन् । गायक रेग्मी विगत १५ वर्षदेखि अस्ट्रेलिया बस्दै आएका छन् ।