यसरी भयो हिटलरको निधन

बर्लिन(एजेन्सी) । विश्वमा यदि खतरनाक तानाशाहको कुरा गर्ने हो भने सायदै त अडोल्फ हिटलरको नाम सबैभन्दा अगाडि आउँछ । यहाँसम्मकी ‘हिटलर’ शब्द तानाशाही र क्रुरताको पर्यायवाची नै बनिसकेको छ । इतिहासकारहरु आजको दिनसम्म पनि हिटलरको मृत्यु कहिले, कसरी र कहाँ भयो भन्ने विषयमा दोधारमा छन् । जर्मनीको एक बंकरमा उनले ज्यान गुमाएको भन्ने कुरा बाहिर आए पनि यो कथा अन्टार्टिकासम्म पुग्छ ।

इतिहासकारहरुका अनुसार हिटरल भागेर अन्टार्टिका पुगेका थिए । जहाँ जर्मनीको कैयौं बेस बनाइएको थियो । नेचर म्यागाजिनका अनुसार जर्मनीले सन् १९३८–३९ को बीचमा अन्टार्टिकामा एक टोली पठाएको थियो । जुलाई १९४६ मा जर्मन सबमरीन यू–५३० अर्जेन्टिनाको नेवल बेसमा देखिएको थियो । त्यसको अर्को महिना यू–९७७ सबमरीन पनि त्यहाँ पुगेको थियो ।

क्याम्ब्रिजको स्कट पोलर रिसर्च इनिस्टिच्यूटका कोलिन समरहेज र टोरन्टोका पीटर बिचिङले त्यो टोली माछाको सिकार गर्न त्यहाँ पुगेको दाबी गरेका छन् । अन्टार्टिकाको विशाल हिउमा नाजीको बेस कहाँ थियो भन्ने विषयमा कसैले यकिन गर्न सकेका छैनन् । उक्त सबमरीनमा हिटलर थिए या उनको अस्तु थियो भन्ने कुनै प्रमाण फेला नपरेको उनीहरुले बताएका छन् । यूरोपियन जर्नल अफ इन्टरनल मेडिसिनमा प्रकाशित अध्ययन अनुसार हिटलरको दाँतको नमूनाबाट सन् १९४५ मा उनको मृत्यु आफै गोली हानेर भएको र साइडनाइड खाएर भएको हो । यो अध्ययनका प्रमुख लेखक फिलिप चार्लियरले हिटलरको निधनको सम्बन्धमा अन्टार्टिका जोडिनु गलत रहेको बताएका छन् ।

हिटलरले सन् १९४५ अप्रिल ३० मा सोभियत सेनाले घेरेपछि बर्लिनमा जमिनभन्दा ५० फिट तल एक बंकरमा आफ्नी पत्नी इवा ब्राउनका साथ आत्महत्या गरेका थिए । यो बंकर उनले हवाई हमलाबाट बच्नका लागि बनाएका थिए । १० दिन पहिले उनको जन्मदिन थियो । उक्त दिन उनी अन्तिमपटक बंकर बाहिर आएका थिए । उनले त्यो समयमा सोभियत संघको रेड आर्मीसँग युद्ध लड्ने आफ्ना सैनिकलाई आइरन क्रस उपहार दिएका थिए ।