रुसी प्रधानमन्त्रीलाई कोरोना पोजेटिभ

मस्को(एजेन्सी) । रुसका प्रधानमन्त्री मिखाइल मुशुस्तिनलाई कोरोना भाइरस पोजेटिभ भएको छ । भाइरसले भेटेपछि उनी अस्थायी रुपमा आफ्नो पदबाट हटेका छन् । बिहीबार राति राष्ट्रिय टेलिभिजनमा देशबासीका नाममा सम्बोधन गर्दै उनले आफूलाई कोरोना भाइरस पोजेटिभ भएको बताएका थिए । उनले आफूले यो कुराको जानकारी राष्ट्रपति भ्लादमीर पुटिनलाई पनि दिएको खुलाएका छन् ।

आफूलाई भाइरसको संक्रमण देखिएपछि उनले प्रधानमन्त्री पदबाट अस्थायी रुपले हट्ने निर्णय लिएका छन् । मिखाइलले अबको केही समय उपप्रधानमन्त्री आन्द्रै वेलूसोवले पदभार सम्हाल्ने बताएका छन् ।

कोरोना भाइरस संक्रमण महामारीको एक हिस्सा अहिले रुस पनि बनेको छ । रुसमा हालसम्म १ लाख ६ हजार ४ सय ९८ जनामा कोरोना संक्रमण पाइएको छ भने १ हजार ७३ जनाको निधन भइसकेको छ ।