लकडाउनमा फेसबुक प्रयोगकर्ता सर्वाधिक

वासिङ्टन(एजेन्सी) । कोरोना संक्रमणको महामारीका बीच पहिलोपटक हरेक महिना फेसबुक, उसको सहयोगी वाट्सएप, मेसेन्जर र इन्स्टाग्राम एपको प्रयोगकर्ताको संख्या तीन अर्ब भन्दा बढी पुगेको छ । फेसबुकका प्रमुख कार्यकारी अधिकृत मार्क जुकरबर्गले फेसबुकमा पोस्ट गर्दै यो जानकारी दिएका हुन् ।

अमेरिकी समाचार पोर्टल मेशेबलका अनुसार तीन अर्बमा २ दशमलब ६ अर्ब मानिसले फेसबुकमात्र प्रयोग गरेका थिए । जबकी २ दशमलब ३ अर्ब मानिसले फेसबुकको अन्य सेवामध्ये कुनै एकलाई दैनिक रुपमा प्रयोग गर्दथे । जुकरबर्गले पोस्टमा कोरोना संक्रमणको समयमा फेसबुकमा सन्देश लेख्नेको संख्या ५० प्रतिशत बढेको बताए । उनका अनुसार मेसेन्जर र वाट्सएप र भिडियो कलको संख्या पनि दुई गुणा बढेको छ ।

‘हाम्रो समग्र एपमा मानिसहरु करिब ७० प्रतिशत भन्दा बढी समय बिताइरहेका छन् । इन्स्टाग्राम र फेसबुक लाइभको भ्यूज एक हप्तामा दुई गुणा बढेको छ । ग्रुप भिडियो कलिङमा त मार्चको समयमा १ हजार प्रतिशतले वृद्धि देखिएको छ,’ जुकरबर्गले लेखेका छन् ।