न्यूयोर्क(एजेन्सी) । अमेरिकाको सेन्टर फर इन्फेक्सिस डिजिज रिसर्च एण्ड पोलिसीले कोरोना भाइरसको कहर आगामी दुई वर्षसम्म कुनै न कुनै रुपमा मानिसमा देखिने दाबी गरेको छ ।
पोलिसीको यो रिपोर्ट कोभिड १९ भन्दा अघि आएका विश्व महामारी र वर्तमान तीन सम्भावनामा आधारित छ । यो रिपोर्ट अनुसार कोरोना भाइरस चाँडै नै सकिने सम्भावना छैन । ‘पहिलो सम्भावना यो हो कि महामारी उतारचढावको अवस्थामा गुज्रिरहँदा यो महामारी सन् २०२१ सम्ममा सकिन्छ । यो सबै अलग अलग देशको भौगोलिक अवस्था र भाइरसलाई नियन्त्रण गर्न चालिएको कदममा भरपर्नेछ’, रिपोर्टमा भनिएको छ ।
यदी कोरोनाको महामारी अझ बढ्दै गएमा रिपोर्ट अनुसार संक्रमण २०२२ सम्म रहनेछ । यस्तो अवस्था यसअघि १९१८ देखि १९१९ मा आएको स्पेनिश फ्लू महामारीको समयमा भएको थियो । यदी कोरोनाको नियन्त्रण अवस्था रह्यो भने पनि त्यसमा ‘स्लो बर्न’को स्थितिमा संक्रमण देखिनेछ ।