दीभाको टुगेदर गीत सार्वजनिक

काठमाडौं । बाल गायिका दीभा श्रीवास्तवको सामाजिक सचेतनामूलक गीत ‘टुगेदर’ सार्वजनिक भएको छ । डिएआर मुभिज एण्ड फिल्म्सले भारतीय बाल गायिका दीभाको अंग्रेजी गीत ‘टुगेदर’ सार्वजनिक गरेको हो ।

गीतमा मोहिन वसिल बेदिका अमिताभले साथ दिएका छन् । गीको संगीत राहुल श्रीवास्तवको रहेको छ भने शब्द जुमाना गारीको छ । फिल्मस्का सञ्चालक सदस्य राजाराम गौतमले पछिल्लो समय सामाजिक र सचेतनामुलक उत्पादनहरु मा जोड दिइएको बताए ।