लाश बोकेर नर्सले टिकटक बनाएपछि…

सेन जुआन(एजेन्सी) । प्यूर्टो रिकोको एक अस्पतालका नर्सहरुको एक टिकटक भिडियो सामाजिक सन्जालमा निकै भाइरल भइरहेको छ । भिडियोमा नर्सहरुले एक झोला बोकेका छन्, जुन झोलामा कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाएका एक व्यक्तिको लाश छ । उनीहरुले त्यही लाशसहितको झोला बोकेर नाँचेका छन् ।

सामाजिक सन्जालमा टिकटक भिडियो र नर्सहरुमाथि कैयौंले प्रश्न गरेका छन् । आफूहरुमाथि प्रश्न भएपछि नर्सहरुले लाश नक्कली भएको र कोही व्यक्ति मरेको नाटक गरेको उल्लेख गरेका छन् ।

भिडियोमा नाँच्ने नर्सहरुको पनि पहिचान हुन सकेको छैन । यो भिडियोलाई मानिसहरुले घानाको त्यो कम्पनीसँग तुलना गरेका छन्, जहाँ नृत्य गर्दै लाशलाई दाहसंस्कारमा लगिन्छ ।

यतिमात्र होइन, यसको मिम्स पनि निकै भाइरल भइरहेको छ । एक सामाजिक सन्जाल प्रयोगकर्ताले यदी नर्सहरुलाई यस किसिमको मजाक मनपर्छ भने त्यसलाई आफैमाझ राख्न आग्रह गरेका छन् । अर्का प्रयोगकर्ताले जुन भवनमा मान्छेहरु मरेका छन्, त्यो भवनमा नाँच्नु उपयुक्र्त नहुने तर्क गरेका छन् ।