सन्ध्यासँग बिमोचनको तिम्रो यादले

काठमाडौं । गायक बिमोचन खनालले आफ्नो डेब्यु गीत ‘तिम्रो यादले’ सार्वजनिक गरेका छन् । विगत ६ वर्ष देखि अस्ट्रेलियामा बसेर अध्ययन र आफ्नो संगीत यात्रा अघि बढाइरहेका खनालले कोरना कहरबीच गीतको भिडियो सार्वजनिक गरेका हुन् ।

सानै देखि गीत संगीतमा रुचि राख्ने खनालले आफ्नो पहिलो प्रयास स्वरुप यो गीत दर्शक स्रोतालाई पस्किएका हुन् । एल्बम ‘समय’ मा समावेश ‘तिम्रो यादले’ बोलको यस गीतमा स्वर र शब्द स्वयम् गायक बिमोचनको रहेको छ । गीतमा संगीत श्रीजन कार्कीको रहेको छ भने संगीत संयोजन उत्सव आचार्य ( ब्रिज ) को रहेको छ ।

भिडियोमा बिमोचन र सन्ध्या कोइराला फिचर्ड छन् । श्रीजन प्रजापतिले छायांकन गरेको भिडियोमा अमन महर्जनको सम्पादन छ । ज्याज प्रोडक्शनले निर्माण गरेको भिडियोमा अनिल न्यौपानेको कन्सेप्ट र निर्देशन छ । भिडियो गायक खनालकै अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।