करोड क्लबमा माया जदौ

काठमाडौं । साकार पन्त निर्देशित फिल्म ‘हिजो आजका कुरा’को पहिलो गीत ‘माया जदौ’ करोड क्लबमा प्रवेश गरेको छ । दुई महिना अघि सार्वजनिक यो गीतलाई एक करोड भन्दा बढी पटक हेरिएको छ ।

वैशाख १२ गते फिल्म रिलिजको तयारी भइरहँदा कोरोना भाइरसको महामारीले गर्दा फिल्म अनिश्चितकालका लागि सरेको छ । गीतमा सन्तोष पन्त, रमा थपलिया, रीमा विश्वकमा, दीपाश्री निरौला, केदार घिमिरे, जीतु नेपाल, मदनकृष्ण श्रेष्ठ, गौरी मल्ल, मिथिला शर्मालगायतको अभिनय छ । दीपक शर्माको संगीतमा तयार यो गीतमा आनन्द अधिकारीको शब्द, रामकृष्ण ढकाल र मेलिना राइको स्वर छ ।

फिल्ममा सन्तोष पन्त, साकार पन्त, रमा थपलिया, केकी अधिकारी,ऋचा शर्मा,दिब्यदेव पन्त,रिमा बिश्वकर्मा,जयनन्द लामा,जेविका कार्की, रमेश अधिकारी, बिनय कुँइकेल,अनुष्का अधिकारी,निराजनप्रसाद अर्याल,सबिन शाक्यलगायतका कलाकारले अभिनय गरेका छन् ।

रवि सायमीले खिचेको फिल्मको कथा सन्तोष पन्तको हो भने सन्दीप किस्नाको पटकथा छ । पन्त फिल्म प्रोडक्सनबाट निर्मित फिल्मको कार्यकारी निर्मातामा प्रतिभा पन्त,सह निर्मातामा बैकुण्ठप्रसाद उपाध्याय (अशोक) र सचितकुमार मिश्र छन् ।