अन्तरीक्षमा टम क्रुजको एक्सन

लसएन्जल्स(एजेन्सी) । हलिउड एक्सन स्टार टम क्रुज आफ्नो आगामी फिल्मको अन्तरीक्षमा सुटिङको तयारीमा छन् । यी अभिनेता एक एक्सन एड्भेन्चर फिल्म छायांकनका लागि नासा र एलन मस्कको अन्तरीक्ष कम्पनी स्पेस एक्ससँग कुराकानी गरिरहेका छन् ।

समाचार अनुसार क्रुज र मस्कको कम्पनी नासाको साथमा एक प्रोजेक्टमा काम गरिरहेका छन् । क्रुजले यदि यो काममा सफलता पाए भने यो नै पृथ्वीबाट गएर छायांकन गरिएको पहिलो फिल्म हुनेछ ।

क्रुज आफ्नो एक्सनका लागि हलिउडमा चिनिन्छन् । उनी एक्सन फिल्म बढी गर्छन् । त्यसकारण पनि उनी कैयौं पटक सुटिङमा घाइते भएका छन् । फिल्म ‘मिसन इम्पोसिबल’को समयमा उनी आठ पटक घाइते भएका थिए ।