चीनले किन नाप्दैछ सगरमाथाको उचाइ ?

बेइजिङ(एजेन्सी) । विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाइलाई लिएर भइरहेको विवाद पुरानै विषय हो । यो विवादलाई समाधान गर्नका लागि चीनले ३० सदस्यीय सर्वेक्षण टोलीलाई सगरमाथा पठाएको छ । यो चिनियाँ टोली माउन्ट चोमोलोङ्मा आधार शिविरबाट सगरमाथा चढ्नका लागि गएका हुन् ।

सगरमाथाको चुचुरोमा पुगेर यो टोली ग्लोबर सेटलाइट सिष्टमको सहयोगले विश्वको सबैभन्दा अग्लो शिखरको मापन गर्नेछ । यो टोलीमा व्यावसायिक पर्वतारोही र चीनको प्राकृतिक संशाधन मन्त्रालयको सर्वेक्षक छन् । यो टोली मौसमको अवस्था ठिक रहेको अवस्थासम्म सही समयमा चुचुरोमा पुग्ने प्रयास गर्नेछ । यो टोलीले ग्लोबल नेविगेसन सेटलाइट र ग्रेवीमिटरको सहयोगले सगरमाथाको उचाइ नाप्नेछ । यो टोली अप्रिल महिनाको प्रारम्भमै चोमोलोङ्मा आधार शिविरमा पुगेको थियो ।

यो टोलीलाई हिमाल चढ्न र अग्लो स्थानको सर्वेक्षण गर्ने विषयमा तालिम दिइएको छ । सन् १९४९ मा आफ्नो स्थापनापछि चीनको सर्वेक्षण टोलीले हालसम्म ६ पटक सगरमाथा चढेर उचाइ नापिसकेको छ । चीनले सन् १९७५ र २००५ मा सगरमाथाको उचाइ नापेको थियो । सन् १९७५ मा सगरमाथाको उचाई ८ हजार ८ सय ४८ दशमलब १३ मिटर र सन् २००५ मा ८ हजार ८ सय ४४ दशमलब ४३ मिटर नापिएको थियो ।