राष्ट्रसंघले सम्झियो गौतम बुद्ध

न्यूयोर्क(एजेन्सी) । संयुक्त राष्ट्रसंघ(यूएन)का महासचिव एंतोनियो गुतारेसले विश्व कोरोना भाइरस(कोभिड–१९) को महामारीसँग जुधिरहेकोले यस्तो अवस्थामा एकजुट भएर एक अर्काको सेवामा जुटेर भगवान गौतम बुद्धको सन्देशलाई पालना गर्न आग्रह गरेका छन् । उनले एक अर्को देश मिलेर यो घातक भाइरसलाई फैलनबाट रोक लगाउन एकजुट हुनुपर्ने बताएका छन् ।

वैशाखे पूर्णिमा अर्थात् भगवान बुद्धको जन्मदिनको दिन उनको बुद्धत्व प्राप्ति र उनको निर्वाणको सम्झनामा मनाइन्छ । ‘जब हामी भगवान बुद्धको जन्म, उनको बुद्धत्वको प्राप्ति र उनको निर्वाणलाई सम्झन्छौं, यस्तो अवस्थामा हामी उनको शिक्षाबाट प्रेरणा लिन सक्छौं । मानवता कोभिड–१९ विश्व महामारीबाट पीडित छ । यस्तो अवस्था हामीलाई किनकी तपाईं सबै मानव बिरामी छन्, त्यसकारण म पनि बिरामी छु’भन्ने सिद्धान्तको सम्झना भइरहेको छ’, गुतारेसले भनेका छन् ।

गुतारेसले भगवान बुद्धको एकता र अन्य मानिसको सेवा गर्ने सन्देश पहिलेदेखि नै अत्यन्त महत्वपूर्ण रहेको बताए । ‘हामी मिलेर नै कोरोना भाइरसलाई रोक्न सक्छौं’ उनले भनेका छन् ।