लण्डन(एजेन्सी) । लण्डनकी एक मोडल हेरियेट रोजले कोरोना भाइरसको यो महामारीमा वृद्धवृद्धाको सेवाका लागि मोडलिङ पेशा छोड्ने घोषणा गरेकी छन् । उनले इन्स्टाग्राम पेजमा आफ्नो तस्बिर पोस्ट गर्दै एक महिना अघि मात्र केयर होममा वृद्धवृद्धाको सेवा गर्ने फैसला गरेको लेखेकी छन् । उनको यो कामको इन्स्टाग्राम प्रयोगकर्ताले तारिफ गरेका छन् ।
रोजले आफूले स्याहारेका कोही पनि बिरामीको निधन भएको बताइन् । उनले आफूलाई भाग्यमानी भन्दै यसलाई ठूलो सफलता मानेकी छन् । रोजले कोरोनाको संक्रमणबाट बच्नका लागि मानिसलाई सामाजिक दुरी कायम राख्न र हात नियमित धुन आग्रह गरेकी छन् । ‘मलाई लाग्छ यो महामारीको अवस्था धेरै लामो समयसम्म रहन्नँ । महामारीको समयमा काम गर्ने स्वास्थ्यकर्मीहरु निकै बहादुर हुन् ।’ उनले भनेकी छन् ।
यी मोडलले आफू कुन होम केयरमा काम गरिरहेको भन्ने कुरा केही खुलाएकी छैनन् । उनको भावनात्मक पोस्ट सार्वजनिक हुनासाथ उनी भाइरल भइरहेकी छन् । मानव सेवाका लागि करियर छोड्नु निकै उदाहरणीय काम रहेको भन्दै प्रयोगकर्ताले तारिफ गरेका छन् । रोजले डोल्से र गबानाका लागि र्याम्पमा क्याटवक गरिसकेकी छन् । डोल्से र गबाना इटलीको फेसन उद्योगको चर्चित नाम हो ।