मुद्रा कोषद्वारा नेपाललाई २१ करोड डलर सहयोग

काठमाडौं । अन्तर्राष्ट्रिय मुद्रा कोषले नेपालको वित्तिय संकटलाई हटाउन २१ दशमलब ४ करोड अमेरिकी डलर आर्थिक सहयोग गरेको छ । कोषले कोरोना भाइरस(कोभिड–१९)का कारण अन्इ देशमा रहेका नेपालीलाई लकडाउनका कारण स्वदेशमा पैसा पठाउन समस्या भएको, जसकारण देशको आयस्रोतमा असर परेको भन्दै सहयोग गरेको जनाएको छ । कोषले लकडाउनको असर पर्यटन तथा घरेलु गतिविधिमा पनि परेको जनाएको छ ।

कोरोनाको प्रभावका कारण देशको सबै घरेलु उत्पादनमा गिरावट आई भुक्तान सन्तुलन तथा वित्तिय स्थितिमा असर परेको कोषले उल्लेख गरेको छ । ‘हालैको महिनामा देशबाहिर रहेका मानिसहरुले देशमा पैसा पठाउने मात्रामा एकदमै गिरावट आएको छ ।

कोभिड १९ बाट जोगिन सामाजिक दुरी जस्तो नियमका कारण पर्यटकको संख्या र घरेलू गतिविधिमा कमि आएको छ’, कोषले भनेको छ । कोषले नेपालको तत्कालको प्राथमिकता मानिसको जीवन बचाउनु र आर्थिक प्रभावलाई हटाउनु परेको उल्लेख गरेको छ ।