बेलायती प्रधानमन्त्रीको सम्बन्धविच्छेद

लण्डन(एजेन्सी) । बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले आफ्नो दोस्रो श्रीमति मरीना व्हीलरसँग सम्बन्धविच्छेद गरेका छन् । उनले अब गत महिना छोरालाई जन्मदिएकी प्रेमिका केरी साइमण्डससँग विवाह गर्नेछन् । समाचार अनुसार व्हीलरले गत फेब्रुअरीमा सम्बन्धविच्छेदका लागि आवेदन दिएकी थिइन् । जुन निवेदन गत अप्रिल २९ मा नवजात विल्फ्रेड लोरी निकोलस जोन्सनको जन्म हुनुभन्दा अघि नै स्वीकृत भएको थियो । दुवै पक्षले यो मुद्धाको विषयमा चार मिलियन पाउण्ड खर्च गरेका छन् ।

जोन्सन र व्हीलरका बीच फेब्रुअरीमा लण्डनस्थित सेन्ट्रल फेमिली कोर्टमा पैसा बाँडफाँडको सम्झौता भएको थियो । उनीहरुको यो सम्झौताले पनि दुवैबीच पैसाको विषयलाई लिएर विवाद भएको देखाएको छ । दुवैले सन् १९९३ मा विवाह गरेका थिए । उनीहरुको लारा लेटिस(२६), मिलो आर्थर (२४), केसिया पीचेस(२२) र थियोडोर अपोलो(२०) गरी चार सन्तान छन् । दुवैले दुई वर्ष अघि अलग्गिने निर्णय लिएका थिए ।

जोन्सनको पाँचौं सन्तान स्टेफनी हुन् । जो सन् २००९ मा कला सल्लाहकार हेलेन मेकिनट्रेबाट जन्मिएका थिए । विवाहित जोनसनका साथ हेलेनसँग अफेयर थियो । जोनसनले आफ्नो सम्बन्धविच्छेदको घोषणा केही समय पछि नै साइमण्ड्ससँगको सम्बन्धबारे बताएका थिए । जोनसनकी पहिलो श्रीमति एलेग्रा मोस्टिन–ओवेन थिइन् । उनीहरु दुवैको भेट २३ वर्षको उमेरमा जिनसे युनिभर्सिटीमा भेट भएको थियो ।