महशुस लिएर आइन् अबुन

काठमाडौं । लकडाउनको समयलाई सदुपयोग गर्दै गायिका अबुन पाण्डेले नयाँ गीत ‘महसुस’ सार्वजनिक गरेकी छन् । अनप्लग्ड भर्सनको गीतमा गायिका पाण्डेको मेलोडियस स्वर सुन्न सकिन्छ । हाल अस्ट्रेलियामा रहेकी गायिका पाण्डेले अस्ट्रेलिया र नेपालमा रहेका संगीतकर्मीसँगको सहकार्यमा छोटो समयमा नै तयार गरेर यो गीत सार्वजनिक गरेकी हुन् ।

गीतमा स्वर र शब्द गायिका अबुन पाण्डेको रहेको छ भने संगीत टिका दाहालको रहेको छ । गीतको संगीत संयोजन राहुल प्रधानले गरेका हुन् । गायिका पाण्डेलाई पोट्रेट गरेर निर्माण गरिएको म्युजिक भिडियोलाई आशुतोष बोबी थापाले छायांकन गरेका हुन् । राजेश शाहको निर्देशनमा भिडियो तयार पारिएको हो ।

भिडियो स्वयम् गायिका पाण्डेको अफिसियल च्यानलमार्फत सार्वजनिक भएको हो । यसअघि गायिका पाण्डेले ’नाचन ठुली’ , ‘स्याङजा गए पाल्पा गए’, ‘यो केटा त’ लगायतका दर्जनौ गीतहरु सार्वजनिक गरिसकेकी छिन् ।