सुवासको गोर्खालीको सान

काठमाडौं । नेपाली गीत संगीतहरुमा मातृभूमि प्रति समर्पित गीत कम मात्रामा आइरहेको अवस्थामा देशप्रति समर्पित गीत ‘गोर्खालीको सान’को भिडियो सार्वजनिक भएको छ । गोखार्लीले गरेको योगदान र पुर्खाले गरेको बलिदानबाट बनेको विशाल नेपालको गरिमालाई उच्च मुल्याङकन गर्दै गीतमा देशप्रतिको मायालाई समेटिएको छ । गीतमा कृष्ण के सी र सोनु घिसिङको स्वर छ ।

सुवास जिसीको शब्द तथा कृष्ण केसीको संगीतमा तयार पारिएको गीतमा देश प्रतिको माया र स्नेहलाई समेटिएको छ । विदेशीको हस्तक्षेपबाट नेपालको भूमि गुम्न नदिनको लागि गीतले नेपालीलाई एकजुट हुन आग्रह गरिएको छ ।

भिडियोमा सुवास जिसीको छायांकन, पवित्रा जिसीको सम्पादन तथा सुवास जिसीको निर्देशन रहेको छ ।