के चीनले बढाउँदैछ भूराजनीतिक प्रभाव ?

अखिल पाराशर, बेइजिङ(एजेन्सी) । कोरोना भाइरसको संकटलाई मध्यनजर गर्दै चीनले विश्वका धेरै देशमा सहयोगको हात अगाडि बढाउँदैछ । ती देशहरुलाई अत्यावश्यक मेडिकल सामाग्री पनि पठाइरहेको छ । तर केही अमेरिकी नेता तथा पश्चिमा मिडियाले चीनलाई भूराजनीतिक प्रभाव बढाउदै गरेको आरोप लगाएका छन् । उनीहरुले चीन कोरोना भाइरसबाट ग्रस्त देशलाई सहयोग गरेर आफ्नो भूराजनीतिक प्रभाव र वर्चस्व बढाइरहेको दाबी गरेका छन् ।

तर पूर्वाग्रहबाट ग्रसित ती नेता र मिडियाले चीन ती देशलाई मानवतावाद र कृतज्ञताको भावनाले सहयोग गरिरहेको सम्झिइरहेका छैनन् । चीन आफैं पनि यो महामारीसँग जुधिसकेको छ । उसले महामारीबाट लड्नमा उपयोगी अनुभव संगालेको छ र त्यो अनुभव अन्य देशका लागि महत्वपूर्ण साबित हुन सक्छ । त्यसो त, भाइरसलाई कुनै राष्ट्रिय सीमा थाहा हुँदैन र न त उसलाई छालाको रंग, भाषाको अन्तर नै थाहा हुन्छ । चीनले केवल अन्तर्राष्ट्रिय मानवतावादको भावनामा महामारीको विरुद्ध लडाईमा अन्य देशलाई सहयोग गरिरहेको मात्र छैन, उसले मानव जातिका लागि साझा भविष्य बनाउन दृढ विश्वास लिएको छ । चीनलाई अन्तर्राष्ट्रिय समुदाय एक ठूलो परिवार हो भन्ने थाहा छ र ऊ भारतको मूल संस्कार तथा विचारधारा ‘वसुधैव कुटुम्बकम’को खाट्टी समर्थक पनि हो । उसले यो पृथ्वीलाई एउटा परिवार मानेको छ ।

आज विश्व कोभिड १९ को महामारीको मार खेपिरहेको छ । केही देश त पूर्ण रुपमा कष्टकर अवस्थामा गुज्रिरहेको छ । केही देशले अवस्थालाई नियन्त्रणमा लिनका लागि सेना पनि परिचालन गरेको छ । यो अवस्थामा सबै देशलाई सहयोगको आवश्यकता छ । त्यही कुरालाई बुझेर चीनले सहयोगको काम अगाडि बढाइरहेको छ ।
चीन महामारी ग्रस्त देशलाई फेस मास्क, प्रोटेक्टिव सूट, प्रोटेक्टिव चश्मा, सर्जिकल पहिरन आदि मेडिकल सामाग्री पठाइरहेको छ । उसले आफ्नो मेडिकल टिम पनि पठाएको छ । यी सबै कुराले चीनको कृतज्ञताको परम्परालाई झल्काउँछ । एउटा सम्झनुपर्ने कुरा के छ भने जब चीन महामारीबाट गम्भीर रुपले लडिरहेको थियो, त्यो समयमा भारत र जर्मनीसहित विश्वभरका कैयौं देशले चीनको निस्वार्थ सहयोग गरेका थिए ।

आज चीनमा कोरोनाको कहर कम हुँदै गएको छ । चीनमा अवस्था सामान्य बनेको छ । यही कारण उनले आफूलाई सहयोग गर्ने देशलाई सामाग्री पठाएर आफू प्रतिको गुन तिरीरहेको छ । यसमा उसले कुनै किसिमको लोभलालच देखाएको छैन र न त उसले कुनै भूराजनीतिक प्रभाव बढाउने उद्देश्य नै राखेको छ । चीनले महामारीका विरुद्ध आफ्नो लडाईंको समयमा उपयोग अनुभव हासिल गरिसकेको छ । दुई महिनाको अवधिमा रोकथाम र नियन्त्रणका उपाय पछि चीनले महामारीलाई काबूमा राख्न सफल भयो ।
(लेखक पाराशर, चाइना मीडिया ग्रुपका पत्रकार हुन्)