शिल्पा भन्छिन्– मेरो कैयौं गर्भपतन भयो

मुम्बई(एजेन्सी) । बलिउड अभिनेत्री शिल्पा सेठ्ठीले गत फेब्रुअरीमा सरोगेसीबाट एक छोरीलाई जन्म दिइन् । उनको छोरीको नाम समिशा हो र उनको पहिलो छोराको नाम वियान हो । हालै मात्र मदर्स डेको मौका पारेर शिल्पाले सेरोगेसी गर्नुभन्दा अघिको गर्भधारणको समस्याका बारेमा बताएकी छन् । उनले कैयौं वर्षदेखि गर्भधारणको प्रयास गरे पनि एक रोगका कारण आफूले पटक–पटक गर्भपतन गर्नुपरेको खुलासा गरेकी छन् । ‘

वियान पछि हामी लामो समयदेखि अर्को एक सन्तान चाहिरहेका थियौं । तर मैले कैयौं जटिलताबाट गुज्रनु पर्यो । मलाई एक अटो इम्यून डिजीज एप्ला भयो । जसकारण मेरो कैयौं गर्भपतन भयो । एकपटक त मैले आशा नै मारिसकेको थिएँ’, उनले भनेकी छन्, ‘वियान एक्लै ठूलो होस् भन्ने म चाहदिन थिएँ । फेरी हामीले सेरोगेसी किन नगर्ने भनेर सोच्यौं । त्यसपछि तीनपटकको प्रयासमा हामी फेरी आमाबाबु बन्न सफल भयौं ।’

शिल्पाले एप्ला नामको जुन रोगको दाबी गरेकी छन् त्यो रोग अधिकांश महिलामा पाइएको छ । यो रोगको पुरा नाम एन्टीफोसफोलिपिड सिन्ड्रोम हो । मेक्स अस्पतालकी प्रसूति एवं स्त्री रोग विशेषज्ञ डाक्टर तान्या बखÞ्शी रोहतगीका अनुसार यो रोग एक अटो इम्यून रोग हो । ‘यसमा हाम्रो शरीर यस्तो कोशिकाहरु बनाउँछ, जो स्वस्थ कोशिकामाथि हमला गरेर त्यसलाई समाप्त पार्छ । अटो इम्यूनमा एउटा यस्तो खराबी पैदा हुन्छ । जसले असामान्य कोशिकाहरु शरीरको ढिक्का जम्ने प्रक्रियामा आक्रमण गर्छ । जसकारण रगतमा चाँडो चाँडो ढिक्का जम्न थाल्छ’, उनले भनेकी छन् ।

यो सिन्ड्रोमको असर शरीरको धमनी, नसा र अंगमा पर्छ । रगतमा ढिक्का जमेपछि रक्तप्रवाहमा बाधा हुन्छ र अंगहरुमा समस्या आउन थाल्छ । यसकारण गर्भ, मृगौला, फोक्सो, मस्तिष्क, हातखुट्टा आदि अंग प्रभावित हुन्छ । जसले गर्दा गर्भपतन, अंगहरुको निस्क्रियता र आघात जस्तो जटिलता सिर्जना गर्छ । ‘यो समस्या महिला र पुरुष दुवैमा हुन्छ । कैयौंपटक बच्चालाई पनि यस्तो समस्या हुन्छ । तर बढी महिलामा नै यस्तो समस्या देखिन्छ’, डा. तान्या भन्छिन् ।

चिकित्सकहरुका अनुसार यसको उपचार पनि सम्भव छ । यस्तो अवस्थामा रगतलाई पातलो बनाउनका लागि बिरामीलाई औषधि दिइन्छ । यदि पहिला नै एप्ला सिन्ड्रोम हो भन्ने पत्ता लागेमा उपचारपछि महिलालाई सामान्य प्रसव बेदनामा नै आमा बन्न सक्छन् । यद्यपि यो बिरामीको स्टर र अन्य जटिलतामा निर्भर हुन्छ । कुनै अन्य अंगमा पनि एप्ल सिन्ड्रोम हुँदा त्यसको पनि उपचार गर्न सकिन्छ ।