बाजीगरको पहिलो रोजाईमा थिइन् श्रीदेवी

मुम्बई(एजेन्सी) । अभिनेता शाहरुख खान अभिनित फिल्म ‘बाजीगर’ त्यो समयको ब्लकब्लष्टर फिल्म थियो । फिल्ममा शाहरुखसँगै काजोल र शिल्पा सेठ्ठी प्रमुख भूमिकामा थिए । अब्बास मस्तान निर्देशित यो फिल्मका लागि दुवै अभिनेत्रीहरु पहिलो रोजाईमा थिएनन् भन्ने सायद कमैलाई मात्र थाहा होला । फिल्मको पहिलो रोजाईमा श्रीदेवी थिए । तर श्रीदेवीले यो फिल्ममा काम गर्न अस्वीकार गरिन् ।

फिल्म निर्माताहरु पहिलो फिल्ममा अभिनेत्रीलाई दोहोरो भूमिकामा देखाउन चाहन्थे । तर पछि यो योजनालाई परिवर्तन गरियो । त्यो समयमा श्रीदेवी यति चर्चित थिइन् कि उनलाई फिल्म उद्योगमा लेडी अमिताभ बच्चन भनिन्थ्यो । श्रीदेवीलाई शाहरुखका साथ फिल्म ‘बाजीगर’मा कास्ट नगर्नु पछाडिको कारण के थियो ? निर्माताहरुलाई फिल्ममा श्रीदेवीलाई शाहरुखको अपोजिटमा अभिनय गराउँदा शाहरुख श्रीदेवीको छायामा पर्ने डर थियो ।

फिल्ममा श्रीदेवीको चर्चा हुने र शाहरुखको प्रमुख भूमिकामा असर पर्ने डर निर्मातामा थियो । त्यसपछि निर्माताहरुले दुई यस्ता अनुहारलाई फिल्ममा अभिनय गराउने निर्णय लिए, जो चर्चित अनुहार नहुन् । यसपछि शिल्पा र काजोल अनुबन्धित भए । यो फिल्मबाट शाहरुख र काजोलको जोडी यति चर्चित भयो कि दुवै कलाकार जुनसुकै फिल्ममा अभिनय गरे पनि त्यो फिल्म हिट हुने ग्यारेन्टी थियो ।

शिल्पाले पनि श्रीदेवीको स्थानमा आउने र रातारात स्टार बन्ने बारे बताएकी थिइन् । ‘श्रीदेवीजी फिल्ममा दोहोरो भूमिका गर्ने तयारीमा हुनुहुन्थ्यो । तर त्यो समयमा कुरा मिलेन र फेरी दुई प्रमुख नायिकालाई अनुबन्धित गरियो, जसमा म र काजोल थियौं । त्यो बेला शाहरुख खान पनि ठूलो सुपरस्टार थिएनन् । काजोलको डेब्यू फिल्म बेखुदी पनि बक्सअफिसमा धेरै राम्रो चलेन । म पनि नयाँ अनुहार थिएँ । यसरी पनि हाम्रा लागि यो फिल्म जुवा खेल सरह थियो ।’ शिल्पाले भनेकी छन् ।