जयकुमारको हामी देशवासी सार्वजनिक

पोखरा । गायक तथा संगीतकार जयकुमार परियारको नयाँ गीत ‘हामी देशवासी’को म्यूजिक भिडियो सार्वजनिक भएको छ । समसामयिक यर्थाथवादी मौलिक गीति लेखनमा खप्पिस परियारको यो गीतमा कोरोना महामारी पछि मानिसमा देखिएको डर र पलाएको आशासँगै वर्तमान समयको सजिव चित्रण छ ।

कोरियोग्राफरसमेत रहेका परियारले ‘कल्ले लाने हो’, ‘दरौ सिरबारी’लगायतका गीत लेखेका छन् । ‘हामी देशवासी’ परियारकै शब्द र संगीत छ । जय म्यूजिकको प्रस्तुतिमा रहेको गीत राजेश बिष्ट क्षेत्रीले एरेन्ज गरेका हुन् । सुशिल नेपालीको निर्देशन गरेको म्युजिक भिडियोको सम्पादन महेन्द्र पराजुलीले गरेका छन् ।