कोभिड १९ मा कोरोना पीडा

काठमाडौं । कोरोना भाइरसको महामारीका कारण आम मानिसमा पर्न गएको मनोवैज्ञानिक असर तथा त्यसले निम्न वर्गीय परिवारले भोग्नुपरेको पीडालाई समेटेर सर्ट फिल्म ‘कोभिड १९’ निर्माण गरिएको छ । राजबहादुर सानेको लेखन तथा परिकल्पना रहेको फिल्म आगामी जेठ ८ गते रोमी इन्टरटेनमेन्टको युट्युबबाट सार्वजनिक हुँदैछ ।

स्वर्गद्वारी फिल्मको पोस्ट प्रोडक्सन रहेको फिल्ममा नारायण राई, प्रपोज राई र दिलमाया विश्वकर्माको अभिनय रहेको छ । फिल्म रमेश बन गोसाईले निर्देशन गरेको फिल्ममा चेतन सागरको सम्पादन, कलर करेक्सन र पाश्र्व संगीत छ ।