ताराले जलाइन् विश्वासको दियो

काठमाडौं । कोरोना भाइरसको संक्रमण जोखिमका कारण अहिले देशमा लकडाउन जारी छ । यो समयमा विभिन्न श्रष्टाहरुले आ–आफ्नो सिर्जनालाई विभिन्न माध्यमबाट सार्वजनिक गरिरहेका छन् । यसैक्रममा गीतकार तारा अधिकारीको शब्दमा रहेको गीत विश्वासको दियोको लिरिकल भिडियो सार्वजनिक भएको छ ।

राज सिग्देलको आवाज रहेको गीतमा कल्याण सिंहको संगीत र उदय राज पौडेलको संगीत संयोजन छ । यो गीत आर बी र फिल रेकर्डिङ स्टुडियोमा कुमार केसी र अशोक महर्जनले रेकर्डिङ, मिक्सिङ गरेका हुन् । लिरिकल भिडियोलाई नहकुल खड्काले तयार पारेका हुन् ।

लकडाउनका कारण भिडियो छाँयांकन गर्न नपाएपछि सुनौलो तारा एल्बममा समावेश यो गितको पनि लिरिकल भिडियो सार्वजनिक गरिएको गीतकार तारा अधिकारीले बताईन् । यो गीत सुनौलो तारा युट्युब च्यानलमा अपलोड गरिएको छ ।