निम्बस समूहका कर्मचारीको कोभिड बिमा

काठमाडौं । खााद्यान्न तथा पशुपंक्षि आहारमा अग्रणी निम्बसले कार्यस्थल, कर्मचारी तथा सामाजिक, स्वास्थय, सुरक्षा र सरसफाई सधैं प्राथमिकतामा राख्दै आएको छ । हाल विश्वभर महामारीमा रहेको कोभिड–१९बाट सिर्जित स्वास्थ समस्यालाई मध्यनजर गर्दै उद्योगहरुमा यसविरुद्ध जनचेतना जगाउने, अनिवार्य प्राथमिक स्वास्थ जाँच गर्ने, डिसइन्फेक्सन टनेलको प्रयोग, सामाजिक दुरीको पालना, अत्यावश्यक बाहेक अन्य कर्मचारीहरुलाई घरबाटै सेवा दिने अवधारणा लागु गर्दै आएको छ ।

अत्याबश्यक वस्तु उत्पादन गर्न, ढुवानी गर्न तथा निम्बसबजारडटकममार्फत आएका मागहरुलाई सुरक्षित ढुवानी गर्न पीपीईको समेत प्रयोग गर्दै आएता पनि सम्भावित जोखिम तथा त्यसबाट हुने सक्ने आर्थीक क्षतिलाई न्यूनिकरण गर्न शिखर ईन्सयोरेन्सको सहकार्यमा निम्बसका देशभर सम्पूर्ण उद्योगका साथै कार्यालयमा कार्यरत्त ५ सय ३६ जना कामदार तथा कर्मचारीहरुलाई कोभिड बिमा गरिएको छ ।

निम्बसका प्रवन्ध निर्देशक आनन्द अग्रवाल बगडियाले सबै कर्मचारीहरुलाई फेसमास्क, पन्जा, हैण्ड सेनिटाइजर आदि उपलब्ध गराउनुका साथै सवै किसिमका जोखिम न्यनीकरण गर्नका लागि सम्पुर्ण कर्मचारीहरुलाई कार्यस्थलभित्र आवश्यक सामाजिक दुरी कायम गर्न सिकाएको बताए ।