इंग्ल्याण्डको नदीमा भेटियो संस्कृत शिलालेख

कोवेन्ट्री(एजेन्सी) । इंग्ल्याण्डको कोवेन्ट्री सहरमा रहेको नदीमा संस्कृत भाषाका अक्षर कुँदिएको ढुंगाहरु भेटिएका छन् । तीन खोजकर्ताले हालै गरेको खोजमा उक्त नदीमा हिन्दु प्रार्थना वा अनुष्ठानसँग जोडिएको ढुंगा भेटाएका हुन् । यी अनुसन्धानमा दुई बच्चा पनि आबद्ध छन् ।

समाचार अनुसार हेर्दा साना आकारका छन् । यी क्युब आकारका ढुंगाहरु औंला र औठीको बीचमा सजिलै लगाउन सकिन्छ । ती ढुंगामा केही शिलालेख पनि छन्, निकै राम्रो ढंगले कुँदिएका छन् । यसको खोजकर्ता विल रीड फिनहम निवासी हुन् । जसको उमेर ३८ वर्षको छ । ‘हामी माछा मार्नका लागि नदीमा गएका थियौं । त्यहाँ हामीले केही अनौठो कुरा देख्यौं । यो ढुंगाहरु दक्षिण कोवेन्ट्रीको सोवे नदीमा थिए । यो ढुंगालाई छोराहरुले देखेका थिए । हामीले त्यो ढुंगामा लेखिएको पायौं । जुन हाम्रा लागि अचम्मको कुरा थियो ।’ उनले भनेका छन् ।

विल लकडाउनको समयमा आफ्ना सन्तानका साथ नदीतिर घुम्न निस्किएका थिए । उनले ढुंगाका साथ केही चाबी र सिक्का पनि भेटेको खुलाए । उनले आफू नदीमा फेसबुक लाइभ गरिरहँदा ती ढुंगा भेटेको र ती फोटो तथा भिडियोलाई फेसबुक र सामाग्री साझा गर्ने वेभसाइट रेडिटमा पोस्ट गरेको बताए ।