एकादेशमा विशालको राष्ट्रिय भावना

काठमाडौं । सामाजिक सञ्जाल र देशको राजनीति नेपाल–भारत सीमा विवादको कारण फेरि एकपटक तातेको छ । धेरै जनाले नेपाल सरकारप्रति आक्रोश व्यक्त गरिरहेका छन् भने कतिपय गायक कलाकारहरुले आफ्ना सिर्जनाहरु मार्फत विरोध प्रकट गरिरहेका छन् ।

नेपाल–भारत सीमा विवाद चलिरहँदा गायक संगीतकार विशाल पौडेलले आफ्ना भावानाहरुलाई समेटेर राष्ट्रियताले ओतप्रोत गीत ‘एकादेश’ सार्वजनिक गरेका छन् ।गीतमा हाम्रो देश कतै भूगोलमा मात्र सिमित हुने हो कि भन्ने चिन्ता गीतमा व्यक्त गरिएको छ ।

गीतमा शब्द, संगीत र संगीत संयोजन स्वयम् गायक विशालको रहेको छ । गीतमा प्रिन्स नेपालीको सारंगीको धुन सुन्न सकिन्छ । हाल लिरिकल भर्सनमा उपलब्ध यस गीतको भिडियोलाई संजित के घिसिङले निर्माण गरेका हुन् ।