काँटा लगामा नाच्दाको पारिश्रमिक कति ?

मुम्बई(एजेन्सी) । भारतीय टेलिभिजन शो बीग बोस १३ मा आफ्नो रणनीति र नरम गरम ग्ल्यामर देखाएर सबैको ध्यान आकर्षण गरेकी शेफाली जरीवालालाई आज पनि दर्शकहरु ‘काँटा लगा’ गल्ृका रुपमा चिन्छन् । सन् ९० को दशकमा रिलिज भएको यो गीतले तहल्का मच्चाएको थियो । रिमेक भर्सनको यो गीतले यस्तो तहल्का मच्चायो कि शेफाली रातारात स्टार भइन् । उनले यो गीतका लागि कति पारिश्रमिक लिएकी थिइन् भन्ने सायदै थाहा नहुन सक्छ ।

हालैको एक अन्तरवार्तामा उनले यो कुराको खुलासा गरेकी छन् । उनले यो गीतमा अभिनय गर्दा आफ्ना बाबु रिसाएको पनि स्मरण गरेकी छन् । ‘त्यो समयमा म इन्जिनियरिङ पढिरहेको थिएँ । यही बेला यो गीतका लागि काम गर्ने अफर आयो । मेरो परिवार शिक्षा क्षेत्रसँग सम्बन्धित थियो । त्यसैले यो गीतमा नाँच्नका लागि मलाई प्रोत्साहन गरेनन्’, उनले भनेकी छन्, ‘मेरो बुवालाई यो कुरा मनपरेको थिएन । तर म यो काम गर्न चाहन्थें । किनकी म यसबाट पैसा पाउँथे र म आफैंलाई टेलिभिजनमा हेर्न चाहन्थें ।’

उनका अनुसार शुरुमा उनले आमालाई यो कुरामा मनाउन बाध्य बनाइन् । त्यसपछि दुवै मिलेर पितालाई पनि मनाए । शेफालीले यो गीतबाट ७ हजार पारिश्रमिक पाएकी थिइन् । उनले यो गीत यति धेरै हिट हुन्छ भन्ने सोचेकी थिइनन् । यो गीत हिट भए पछि उनले जति फिल्ममा काम गरिन्, ती कामले उनलाई गीतले जतिको सफलता दिएन । हाल उनी वैवाहिक जीवनको अनुभव लिइरहेकी छन् ।