लकडाउनमा आपराधिक समूहको समाजसेवा

मेक्सिको सिटी(एजेन्सी) । मेक्सिकोका आपराधिक समूह कोरोना संकटको समयमा पनि सक्रिय छन् । तर उनीहरु अहिले पहिलेको भन्दा फरक भूमिकामा छन् । उनीहरु मानिसलाई लकडाउनको पालना गराईरहेका छन् र आर्थिक सहयोग पनि गरिरहेका छन् । उनीहरुले मानिसहरुलाई यदी कोही घरबाट बाहिर निस्किएमा त्यसको सजाय भोग्नुपर्ने भन्दै चेतावनी पनि दिइरहेका छन् ।

सडकमा ठूला ठूला बोर्ड राखिएका छन् । जसमा ‘मानिसहरु घरमै बस्नुहोला, यदि कोही बाहिर आएमा उनीहरुलाई गम्भीर चोट दिइनेछ’ भनी लेखिएको छ । मेक्सिकोका कैयौं स्थानमा यस्ता बिलबोर्ड राखिएका छन् । जसका माध्यमबाट आपराधिक समूह मानिसलाई धम्क्याइरहेका छन् । उनीहरु मानिसहरुको घरमा अत्यावश्यक सामान पनि पु¥याइरहेका छन् । केही समूह खाद्य पदार्थ त केही सेनिटाइजर उपलब्ध गराइरहेका छन् । खाद्य पदार्थको बक्सामाथि समूहको नाम लेखिएको हुन्छ । ग्याङस्टार अल चापोकी छोरी आफ्नो कम्पनी अल चापो ७०१ का माध्यमबाट मानिसहरुमा अत्यावश्यक सामान पुर्याइरहेकी छिन् ।

उता सरकारले भने आपराधिक समूहको सहयोग नलिन अपिल गरेको छ । उसले भविष्यमा ती समूहले मानिसलाई खतरा पैदा गर्ने भन्दै त्यस्तो अपिल गरेको हो । सरकारले आपराधिक समूहले आपतकालमा सहयोग गरे पनि आपतकाल सकिएपछि सहयोग माग्ने भन्दै सहयोग नलिन आग्रह गरेको छ । यद्यपि मेक्सिकोमा मात्र होइन, अन्य केही देशमा आपराधिक समूह पनि मानिसलाई सहयोग गर्न अगाडि आएका छन् । इटलीको नैपल्स र पर्लेमो में समूह मानिसहरुलाई खानपिनका सामान, अर्थ र मादक पदार्थ सहयोग गरिरहेका छन् । ब्राजिल र अल सल्वाडोरमा पनि यस्तै काम भइरहेका छन् ।