इरफानलाई भाइरस बनाउन चाहन्थे बोमन

मुम्बई(एजेन्सी) । बलिउड अभिनेता बोमन इरानीले आमिर खानको सुपरहिट फिल्म ‘थ्री इडियट्स’का निर्देशक राजकुमार हिरानीलाई आफ्नो ‘भाइरस’ चरित्रमा इरफान खानलाई अभिनय गराउन सुझाव दिएको खुलासा गरेका छन् । उनले भाइरसको चरित्र हेरेपछि गर्न नचाहेको बताएका हुन् ।

‘थ्री इडियट्समा मेरो भूमिका मुन्ना भाइसँग धेरै हदसम्म मिल्थ्यो । किनकी दुवै फिल्ममा कलेजको डिनकै भूमिका थियो । ठूलो लेन्सवाला चस्मा लगाउने, दुई छोरी फिल्मका हिरोसँग प्रेम गर्ने यस्तै यस्तै । त्यसकारण जब राजुले मलाई थ्री इडियट्सको भाइरसको रोल अफर गरे, त्यो बेला मैले उसलाई मुन्ना भाइ र यसको रोल त एकै किसिमको छ भनेर सोधें । हिरानीले होइन भने । त्यसपछि मैले यो भूमिकामा म गर्दिन भनेर अस्वीकार गरें’, उनले भनेका छन्, ‘मैले यो भूमिकाका लागि इरफानको नाम सुझाएको थिएँ । इरफान यो भूमिकामा निकै जम्न सक्थे । किनकी इरफान जुन भूमिका निभाउँछन्, त्यसमा उनी छाउँछन् । तर राजुले भाइरसको भूमिका इरफान धेरै युवा छन् भनेपछि मैले पनि धेरै बुढो छु भनें । त्यसपछि हामीले स्क्रिप्टमा अलिकति परिवर्तन गर्यौ र फिल्मको काम पनि शुरु भयो ।’

उनले आफ्नो हृदयमा इरफान प्रति ठूलो स्थान रहेको बताए । ‘मेरो हृदयमा इरफानका लागि ठूलो इज्जत थियो । त्यसो त म जोकोहीको भेनिटी भेनमा जादिनँ । किनकी मलाई लाग्छ कि त्यहाँ जाँदा उसको गोपनियता रहन्छ । तर इरफानलाई भेट्न म गइरहन्थें । किनकी म यस्तो मानिसको वरपर रहन चाहन्थें, जसले ठूलो मेहनतबाट आफ्नो नाम कमाएको होस् र एक सानो कलाकारबाट ठूलो कलाकार बनोस् ।’ उनले भनेका छन् ।