केजीएफ २ मा सन्जयको यस्तो लुक्स

मुम्बई(एजेन्सी) । साउथ सुपरस्टार यश अभिनित फिल्म ‘केजीएफ २’ यो वर्षको प्रतिक्षित फिल्ममा पर्दछ । फिल्मको पहिलो संस्करण बक्सअफिसमा सुपरहिट भएपछि जोकोही दर्शक यो फिल्मलाई हेर्न प्रतिक्षा गरिरहेका छन् । यसपटक यो फिल्ममा यशको अपोजिट भिलेनको भूमिकामा बलिउड अभिनेता सन्जय दत्त छन् । त्यसकारण पनि दर्शकका लागि यो फिल्म विशेष बन्दैछ ।

फिल्ममा सन्जयको अधीराको अवतार हेर्न दर्शक उत्साहित छन् । हालै मात्र सामाजिक सन्जालमा सन्जयको एक तस्बिर भाइरल भइरहेको छ । जसमा उनलाई खुंखार अवतारमा देखाइएको छ । यो तस्बिरलाई फिल्म ‘केजीएफ २’मा सञ्जयको लुक्स मानिएको छ । फिल्ममा रवीना टण्डन प्रमुख भूमिकामा देखिँदैछिन् ।

फिल्मका निर्माताले फिल्मको पोस्ट प्रोडक्सनको काम गर्नका लागि कर्नाटक सरकारसँग अनुमति मागेका थिए । सरकारले अनुमति दिएपछि फिल्मको संगीतको काम शुरु गरिएको छ । कार्तिक गौडाद्वारा निर्मित फिल्ममा प्रशान्त नील निर्देशक छन् । फिल्ममा अझै १५ देखि २० प्रतिशत सुटिङ बाँकी छ । निर्माताहरु लकडाउन खुल्नासाथ सुटिङ गर्ने योजनामा छन् ।