चलचित्र पत्रकारको रक्तदान

दाङ । राष्ट्रिय चलचित्र पत्रकारीता दिवस २०७७ तथा चलचित्र पत्रकार संघकोे २१ औं वार्षिकोत्सबको अवसरमा चलचित्र पत्रकार संघ नेपाल दाङ शाखाले बुधबार रक्तदान कार्यक्रम आयोजना गर्यो । विश्व महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसका कारण विश्वका प्राय सबै देशहरु प्रभावित भएका छन् । नेपाल पनि यो महामारीबाट अछुतो छैन ।

मुलुकभर लकडाउन भएसँगै दाङमा रगतको अभाव हुँदै गएको छ । त्यसैलाई मध्यनजर गर्दै चलचित्र पत्रकार संघ नेपाल दाङ शाखाले रक्तदान कार्यक्रम आयोजना गरेको थियो । लकडाउनकै कारण संघले हरेक वर्षको वार्षिकोत्सब तथा पत्रकारिता दिवसमा वितरण गर्दै आएको पुरस्कार र सम्मानको औपचारिक कार्यक्रमलाई स्थगित राख्दै यो वर्ष दाङ शाखाले सामाजिक दुरी कायम राख्दै रक्तदान कार्यक्रम आयोजना गरिएको अध्यक्ष शिब पुनले जानकारी दिए । कार्यक्रममा त्रिशिद्धेश्वरी राप्ती यातायात प्रालिका अध्यक्ष एवं समाजसेवी सुरेश हमाल, चलचित्र पत्रकार संघ दाङका पदाधिकारी, सदस्य, विभिन्न मिडियामा आवद्ध पत्रकार, व्यवसायी र जिल्लामा क्रियाशिल सामाजिक संस्था दाह्री ग्याङका सदस्य सहित १८ जनाले रक्तदान गरेका छन् ।

संघले आयोजना गरेको रक्तदान कार्यक्रममा संघका सल्लाहकार शरद रेग्मी, त्रिशिद्धेश्वरी राप्ती यातायात प्रालिका अध्यक्ष सुरेश हमाल, रासस राप्ती प्रमुख नारायणी रजौरे, तुलसीपुर उपमहानगरपालिका वडा नं ५ का वडा सदस्य सुरेश श्रेष्ठ, चलचित्र पत्रकार संघ दाङका संस्थापक उपाध्यक्ष चेतन रेग्मी लगायतको पनि सहभागीता रहेको थियोे ।

कार्यक्रममा भुपेश वली, राजेश खत्री, सुरेश हमाल, चेतन रेग्मी, अन्जना चौधरी, राजेन्द्र महतरा, निर्मल खड्का, एचआर मगर, झग्गु भण्डारी, शान्ति जिएम, प्रवेश भुसाल, विनायक रेग्मी, प्रकाश डागी, विकास कुसारी मगर, प्रबिन रिजान, सुमन रिजाल, विवेक वली र ढुण्डीराज वलीले रक्तदान गरेका थिए ।