कोरोना भाइरस जस्तै असिना परेपछि

मेक्सिको सिटी(एजेन्सी) । कोरोना भाइरसको महामारी विश्वभरी छ । मानिसहरु आफ्नो आफ्नो घरमा कैद छन् । कोरोना भाइरसको विषयमा लिएर नयाँ नयाँ जानकारी पनि आइरहेको छ । यस्तै एउटा रोचक घटना मेक्सिकोमा भएको छ । मेक्सिकोमा हालै भएको वर्षामा कोरोना आकारको असिना परेको छ ।

मेक्सिकोको म्यूनिसिपलिटीका मानिसहरु त्यो बेला छक्क परे, जब आकाशबाट कोरोना भाइरसको आकारको असिना पर्यो । कोरोनाको आकार रुपी असिना देखेर मानिसहरु अचम्मित भएका थिए । मेक्सिकोको न्यूवो लियोन राज्यको मोन्टेमोरेलोसमा परेको असिना पानीमा कोरोना भाइरस जस्तो असिना परेको हो । यो असिनाको तस्बिर सामाजिक सन्जालमा यतिबेला भाइरल भइरहेको छ । स्थानीयहरु चकितसँगै चिन्तित बनेका छन् । उनीहरुले यसलाई भगवानको प्रकोप मानिरहेका छन् ।

यस किसिमको असिना मेक्सिकोमा मात्र होइन, विश्वभरका विभिन्न देशमा पनि परेका छन् । साउदी अरबमा पनि यस्तै किसिमको असिना परेको एक सामाजिक सन्जाल प्रयोगकर्ताले उल्लेख गरेका छन् ।