पारिवारिक विचलनमा कोभिड १९

काठमाडौं । कोरोना भाइरसका कारण भएको लकडाउनले जनमानसमा परेको मनोवैज्ञानिक असर तथा निम्न वर्गीय र विपन्न परिवारले भोग्नुपरेको पीडालाई कथात्मक रुपमा प्रस्तुत गरिएको सर्ट फिल्म ‘कोभिड–१९’ सार्वजनिक भएको छ । स्वर्गद्वारी फिल्मको पोस्ट प्रोडक्सन रहेको फिल्ममा फिल्म निर्देशक राजबहानु सानेको लेखन तथा परिकल्पना छ ।

फिल्ममा नारायण राई, प्रपोज राई र दिलमाया बिश्वकर्माको अभिनय रहेको छ । रमेश बन गोसाईको निर्देशन रहेको फिल्ममा चेतन सागरको सम्पादन, कलर करेक्सन र पाश्र्व संगीत छ ।

लेखक सानेले समाजमा आएको पारिवारिक विचलनलाई पनि फिल्ममा देखाइएको दाबी गरे । ‘मानव सभ्यता नै धरापमा पर्दा मान्छेमा लोभ पाप स्वार्थ आदि कुरा यथावत हुँदोरहेछ । यस्तै समस्यालाई फिल्ममा देखाएका छौं,’ सानेले भने ।