चीनमा थ्रीडी समाचारवाचक

बेइजिङ(एजेन्सी) । चीनमा विश्वकै पहिलो थ्रीडी समाचारवाचक सार्वजनिक गरिएको छ । सरकारी समाचार एजेन्सीले आधुनिक प्रविधिको प्रयोग गर्दै यो उपलब्धि प्राप्त भएको दाबी गरेको छ । थ्रीडी प्रविधिबाट सञ्चालन हुने समाचार वाचक विश्वकै पहिलो हो ।

चिनियाँ सरकारी एजेन्सी सिन्हुआले आर्टिफिसियल इन्टेलिजेन्स थ्रीडी समाचार वाचकलाई स्थान दिएको हो । भर्चुअल प्रस्तोताको सूचीमा थ्रीडी प्रस्तोता आफैंमा नौलो प्रयोग हो । समाचारवाचक सजिलै घुम्न सक्छ र अनुहारमा उज्यालोपन दिन्छ । उसले आफ्नो कपाल र लुगाको शैली पनि मिलाउन सक्छ । यो प्रविधिलाई भविष्यमा समाचार वाचनका लागि प्रयोग गरिने जनाइएको छ ।

थ्रीडी समाचारवाचक तयार पार्ने कम्पनीले यो वाचकले मानिसको आवाजलाई नक्कल गर्न सक्छ । उसले अनुहार, ओठको हाउभाउ पनि चिन्न सक्छ । यसअघि सन् २०१८ मा सिन्हुआ क्यू हाउ नामबाट डिजिटल समाचारवाचकलाई समाचारको दुनियाँमा ल्याइएको थियो ।