सालैजो भाकामा भेटिन शिर

काठमाडौं । नेपाली मौलिक सालैजो गीत संगीत पछिल्लो समयमा कम मात्रामा आइरहेको अवस्थामा गायक लक्ष्मी लामिछाने मगर र गायिका जुना श्रीष मगरको आवाजमा रहेको सालैजो गीत ‘भेटिन शिर’को भिडियो बजारमा आएको छ ।

प्रसाद खप्तडी मगरको शब्द तथा लय सिर्जना रहेको गीतमा मायालु जोडीबिचको भावनालाई समेटिएको छ । भिडियोमा भुपेन्द्र मर्साङ्गी मगर र कुसुम थापा मगरको अभिनय छ । भिडियोमा सुशिल डाँगीको छायांकन तथा सम्पादन र चन्द्र मन्दिर मगरको निर्देशन छ ।