पेट्रोल पम्पमा कोरोना भाइरसको जोखिम उच्च

न्यूयोर्क(एजेन्सी) । कोरोना भाइरस संक्रमणको मामला विश्वभर नै बढीरहेको छ । सार्वजनिक स्थानमा मानिसहरुलाई भेला हुन रोक लगाइएको छ । तर सवारीसाधनका लागि अत्यावश्यक पेट्रोल, डिजेलको पम्प भने खुल्ला छ । पेट्रोल पम्पमा कोरोना भाइरस कैयौं दिनसम्म रहने हालै एक गरिएको एक अध्ययनले देखाएको छ ।

युनिभर्सिटी कलेज लण्डनका वायरोलोजिस्ट डा. जोय ग्रोवका अनुसार कुनै धातु या प्लास्टिकबाट बनेका बस्तुको सतहमा कोरोना भाइरस कैयौं दिनसम्म रहन सक्छ । उनले सर्विस स्टेसन जस्ता स्थानमा भाइरस केही समयसम्म रहने भएकाले यो चिन्ताको विषय रहेको बताए । ‘यदि कोही व्यक्तिको हातमा भाइरस छ भने यस्ता स्थानमा ती भाइरस हुने खतरा हुन्छ । अर्थात् यदी कोही व्यक्ति कुनै धातु वा प्लास्टिकबाट बनेका बस्तुमा छुन्छ भने त्यस्तोमा भाइरस सर्दछ ।’ उनले भनेका छन् ।

डा. ग्रोव यो महामारीको समयमा सर्वसाधारणलाई सतर्क रहन आव्हान गर्दछन् । उनले सरकारलाई पनि लकडाउन सफल बनाउन र राम्रो उदाहरण प्रस्तुत गर्न अनुरोध गरेका छन् । विशेषज्ञहरुले पेट्रोल पम्प वा कुनै अन्य सार्वजनिक स्थानमा अन्य मानिसले छोएको कुरालाई नछुन आग्रह गरेका छन् । उनीहरुले केही बस्तुलाई छोइएमा आफूलाई सेनिटाइज गर्न र हात नधोई, आँखा, नाक वा मुखलाई नछुन सचेत गराएका छन् ।

विशेषज्ञहरुले संक्रमणबाट बच्नका लागि पेट्रोल पम्पमा जाँदा पेट्रोल पम्पवालालाई मास्क लगाएर मात्र पेट्रोल र डिजेल दिन आग्रह गरेका छन् । भारतको अल इण्डिया पेट्रोलियम डीलर्स एसोसिएशनका अध्यक्ष अजय बंसलले देशभरका कुनै पनि पेट्रोल पम्पमा बिना मास्क डिजेल पेट्रोल नदिइने गरेको बताए ।